जेल जानबाट दाई मुकेश अम्वानीले जोगाए भाइ अनिललाई


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
जेल जानबाट दाई मुकेश अम्वानीले जोगाए भाइ अनिललाई

काठमाडौं । उधोेगपति मुकेश अम्वानीले आफ्ना भाइ अनिल अम्वानीलाई पैसाको पावरले जेल जानबाट बचाएका छन्। रिलायन्स कम्युनिकेसनका अध्यक्ष अनिलले एरिक्सनको तय गरेको समय सीमामा ७.७ करोड डलर भुक्तान गर्न नसक्दा जेल जाने स्थिति आएपछि  दाइ मुकेश अम्वानीले पैसाको सहारमा जेल जानबाट बचाएका हुन्। 

यस अघि अनिलले अदालतका आदेशका कारण ऋण भुक्तान गर्न सकेका थिएनन्। यस पटक अदालतको मानहानीका कारण जेल जाने स्थिति आएको थियो। तर यस पटक मुकेश अम्वानीले उक्त पैसा तिरेर उनलाई बचाउन सफल भएका हुन्।

आफुलाई कठिन परिस्थितिमा सहयोग गरेको भन्दै दाई मुकेश र भाउजु नीतिलाई अनिल अम्वानीले धन्यवाद दिएका छन्। उनले भनेका छन्,’ कठिन समयमा मलाई परिवारको साथ प्राप्त भयो। यसले हाम्रो परिवारको आदर्शलाई देखाउँछ। जुन समय मलाई परिवारको सवैभन्दा बढी सहयोग आवश्यक थियो मेरो परिवार म सँगै खडा भयो।’

एक समय दुवै भाइहरुको सम्वन्ध राम्रो नभएको र प्रतिस्पर्धा रहेको बीबीसीले उल्लेख गरेको थियाे। अनिल अम्वानीले अघिल्लो वर्ष नै सालको अन्तिममा एरिक्सनको कर्जा तिरिसक्ने बताएका थिए। सोमबार स्वीडेनको टेलिकम ग्रुम एरिक्सनले उसले रिलायन्सबाट रकम गरेको बताएको छ।

भारतको सुप्रीम कोर्टले चार हप्ता भित्र एरिक्सनको पैसा नतिरे अनिल अम्वानी र उनका दुई सहयोगी तीन महिनाको लागि जेल जान पर्ने भनेको थियो।

सन् २००८ मा अनिल अम्वानी रिलायन्स कम्युनिकेसनका साथ विश्वका आठ धनी व्यक्तिमा रहेका थिए। अदालतको मानहानीमा दोषी देखिएका अनिल अम्वानी भारतका दोस्रो उद्योगपति हुन्। यस अघि सहारा ग्रुपका सब्रत राँय मानहानीमा दोषी देखिएका थिए।
 







जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..

भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार
भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार

एजेन्सी । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार भएको छ । भारतको दक्षिणी सहर चेन्नाईमा पछिल्ला केही..