विदेशी लगानी तथा प्रविधी हस्तान्तरण विधेयक स्वीकृत, खुल्यो विदेशी लगानी भित्र्याउने बाटो


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
विदेशी लगानी तथा प्रविधी हस्तान्तरण विधेयक स्वीकृत, खुल्यो विदेशी लगानी भित्र्याउने बाटो

 

काठमाडौं, ५ चैत । लगानी सम्मेलन लक्षित गरी विदेशी लगानी तथा प्रविधी हस्तान्तरण विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलन लक्षित गरी उक्त विधेयक परित भएकाे हाे।

राष्ट्रिय सभाको आज (मंगलबार) को दोस्रो बैठकमा सैद्धान्तिक छलफल गरी सर्वसम्मतिले स्वीकृत भएको हो । विधेयक स्वीकृत भएसँगै संशोधन दर्ता गर्न बाटो खुल्ला भएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद राधेश्याम अधिकारीले ऐन बनाएर मात्र विदेशी लगानी भित्र्याउन सकिने भन्दै त्यसका लागि वातावरण बनाउनुपर्ने बताए । 

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री युवराज खतिवडाले लगानीको वातावरण बनाई लगानी कर्ताको पुँजी सुरक्षित गर्न विधेयक ल्याएको बताए । औद्योगिक व्यवसाय ऐन, लगानी बोर्ड ऐन जस्ता ऐनले पनि नेपालमा लगानी सुरक्षित हुने मन्त्री खतिवडाले बताए । 







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..