मेघगर्जनसहित वर्षाको अनुमान, कहाँ कस्तो छ अवस्था?


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
मेघगर्जनसहित वर्षाको अनुमान, कहाँ कस्तो छ अवस्था?

काठमाडौं । मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले मंगलबार देशका अधिकांश स्थानमा बदली भइ पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाकाे अनुमान छ।

बुधबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तथा मध्य पूर्वी क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

त्यस्तै बिहीबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २६ दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै जोमसोमको न्यूनतम तापक्रम सबै भन्दा कम २ दशमलव शून्य डिग्री सेल्सियस छ ।

प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा हुने अवस्था रहेकाे महाशाखाका मौसमविद् विभुती पोखरेले बताए । उनका अनुसार प्रिमनसुनको विशेषता छोटो समय वर्षा हुने र उपत्यकाकै पनि एक ठाउँमा वर्षा हुने अर्को ठाउँमा नहुने हुन्छ । भारी वर्षा भने नहुने बताइएको छ । 







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..