मोजाम्बिकमा भीषण आँधी, ज्यान गुमाउनेको संख्या हजार भन्दा बढी


एजेन्सी प्रकाशित: २०७५-१२-५ गते
मोजाम्बिकमा भीषण आँधी, ज्यान गुमाउनेको संख्या हजार भन्दा बढी

मोजाम्बिका– अफ्रिकी मुलुक मोजाम्बिकमा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । यसै साता आएकाे ‘इडाई’ नामक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको त्यहाँकाे संचारमाध्यमले जनाएकाे छ।

आधिकारीक रुपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा त्यहाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार भन्दा बढी भएको मोजाम्बिकका राष्ट्रपति फिलिपे नुसीले जनाएका हुन् । गत बिहीबारदेखि भीषण वर्षासहितको आँधीले क्षति पुर्‍याउन थालेको तर उद्धारकर्ता भने आइतबारबाट मात्र त्यहाँ पुग्न थालेका हुन् ।

इडाइ नामक यस आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भइसकेको बताइएको छ । आँधी प्रभावित क्षेत्र निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको टिप्पणी गरेका छन् ।







प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु
प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु

काठमाडौं । भारत झारखण्डको सरायकेला खरसांवामा नक्सलवादीको आक्रमणबाट पाँचजना प्रहरीको मृत्यु भएको छ।  शुक्रबार राति नक्सलवादीले आक्रमण गरेको र त्यसमा दुई सब इन्स्पेक्टर..

भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 
भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 

बीबीसी । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् । आक्रमणबाट पाँच प्रहरीको मृत्य..

इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'
इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वका राष्ट्रप्रमुखकै अगाडी कुटनीतिक मर्यादा तोडेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन किर्गिजस्तान पुगेका..

पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...
पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...

काठमाडौं । महिला सांसद फातुमा गेडीमाथि थप्पड प्रहार गर्ने पुरुष सांसद राशिद कासिम गिरफ्तारमा परेका छन् ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, यो घटना केन्याको..