प्रचण्डले मिलाए अमेरिकी दुतावाससँग यस्तो सेटिङ,  ‘नो इन्भेष्टिगेसन’ को सर्कुलर जारी


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
प्रचण्डले मिलाए अमेरिकी दुतावाससँग यस्तो सेटिङ,  ‘नो इन्भेष्टिगेसन’ को सर्कुलर जारी

स्वास्थ्य उपचारको साथै कुटनीतिक भेटवार्ताको लागि संयुक्त राज्य अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अमेरिकामा उजुरी त्नी सीता दाहालको उपचारका लागि गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेका छन् ।

सीताको उपचारका लागि प्रचण्ड नेपालबाट अमेरिका प्रस्थान गरेका दिन अमेरिका बस्दै आएका  डा‍. तिलक श्रेष्ठले  प्रचण्ड विरुद्ध उजुरी गरेका हुन् । हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा‍। तिलक श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा उजुरी गरेका छन् ।

प्रचण्ड नेपालबाट अमेरिका प्रस्थान गरेको दिन आइतबार श्रेष्ठले बाल्टिमोरको संघीय व्यूरोमा उजुरी पठाउँदै प्रचण्डको भ्रमणबारे अमेरिकाको अन्य निकायमा जानकारी गराउँन व्यूरोलाई अनुरोध समेत गरेका छन् । तत्कालिन समयमा प्रचण्डको नेतृत्वमा भएको युद्धमा १७ हजार नेपालीको मृत्यु भएको उनले व्यूरोलाई पठाएको उजुरीमा उल्लेख गरेका छन् । अमेरिकाले आतंकवादलाई माफ नगर्ने र मानवीय कानूनमा प्रतिवद्ध रहेको उनले स्मरण गराएका छन् ।

यसअघि नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायत गएको बेला यस्तै उजुरीका आधारमा सन् २०१३ मा पक्राउ गरिएको थियो ।

अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको छ । अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलर पछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।

प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगाएत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ । स्राेतका अनुसार प्रचण्ड अाफु फस्ने डरले नै यस्ताे बाटाे अपनाएका हुन्।

यसअघि भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगायत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गरेको छ ।







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..