प्रधानमन्त्रीकाे यस्ताे धम्कीप्रति राणा र लोहनीले दिए ठाडाे चुनाैती,'सक्छाै भने कारवाही गर'


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
प्रधानमन्त्रीकाे यस्ताे धम्कीप्रति राणा र लोहनीले दिए ठाडाे चुनाैती,'सक्छाै भने कारवाही गर'

सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का दुई अध्यक्षले संवैधानिक राजतन्त्र र हिन्दू राज्यका लागि जनतामाझ गएर जनमत संग्रहकाे वातारण बनाउने बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संवैधानिक व्यवस्थाअनुसार राजतन्त्र र हिन्दू राज्यका लागि जनतामाझ जाने स्पष्ट पारे।

 अध्यक्ष राणाले भने,‘राष्ट्रियता, परम्परा, धर्म, सँस्कृतिको गौरव संरक्षण गर्दै प्रगति हासिल गर्ने राप्रपा (संयुक्त) को लक्ष्य हो । यसका लागि संविधान प्रदत्त मौलिक हक प्रयोग गरिरहने छौं।’

सरकारले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाजस्तै आफूहरुलाई पनि एक लहरमा राखेर कारबाही गर्ने धम्की दिएको उल्लेख गर्दै राप्रपा संयुक्तका अध्यक्ष राणाले भने, ‘प्रधानन्त्रीले विप्लप समूहसँग एकै लहरमा राखेर प्रतिबन्ध लाउने सांकेतिक रुपमा धम्की दिनुभयो, सक्नुहुन्छ भने कारबाही गरेर देखाउन हामी चुनौति दिन्छौं ।’

अध्यक्ष राणाले राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाका लागि आवश्यक परे आन्दोलन पनि गर्ने राणाले चेतावनी दिए । अर्का अध्यक्ष लोहनीले प्रधानमन्त्रीबाट धम्की आएपनि आफूहरु पछि नहट्ने बताए । ‘संविधानको कुनै दफा परिवर्तन हुनुपर्छ भन्न पाउने छुट संविधानले नै दिएको छ । सोही संवैधानिक अधिकार प्रयोग गर्दा प्रधानमन्त्रीले हामीलाई निमिट्यान्न पार्ने धम्की दिएका छन्,’ लोहनीले भने, ‘बुद्धिजीवीलाई थला पार्छु भन्ने प्रधानमन्त्रीले निमिट्यान्न पार्ने कुरा गरे पनि हामी पछि हट्दैनौं ।’ 
 







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..