काभ्रे भीडन्त : गोली चलाएर प्रहरीले विप्लवका २ कार्यकर्ता समात्यो


नेपालपाना प्रकाशित: २०७५-१२-६ गते
काभ्रे भीडन्त : गोली चलाएर प्रहरीले विप्लवका २ कार्यकर्ता समात्यो

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाबाट हतियारसहित खटिएको प्रहरी टोलीले काभ्रेको रोशी गाउँपालिकामा गोली प्रहार गरि प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका २ जना कार्यकर्ता समातेको छ । साथै, राजधानी काठमाडाैंबाट पनि अन्य दुई जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस : काभ्रेमा प्रहरी र प्रतिबन्धित पार्टीका कार्यकर्ताबीच दोहोरो भीडन्त !

प्रतिबन्धित पार्टीका नुम बहादुर विक, विशाल तामाङ, शिव धिमाल र विकेन्द्र राई प्रहरी नियन्त्रणमा परेका हुन् । नख्खुस्थित एनसेल कार्यालय र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गूरूङको घरमा भएको बम बिस्फोटमा संलग्न भएका व्यक्तिहरू नै समातिएको प्रहरीले दाबी गरेको छ ।

 यो पनि पढ्नुहोस : विप्लवलाई गोली हान्न ओली-प्रचण्डको निर्देशन

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले काभ्रेमा गतिविधी गरिरहेको सूचना पाएकाले पछिल्लो कारबाही गरेको प्रहरीले जनाएको छ । प्रहरी महाशाखाको टोली काभ्रे गएको जानकारी जिल्लास्थित प्रहरी कार्यालयलाई समेत विस्तृतमा थाहा नभएको बुझिएको छ ।

यो पनि पढ्नुहोस : प्रतिबन्ध लागेपछि विप्लवको कडा विज्ञप्ति ! भने : प्रचण्डले टाउको लतारेर गद्दारी ग-यो (विज्ञप्तिसहित)


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..