पेस्तोल देखाएर सिन्धुलीमा १ सय २० तोला सुन लुटपाट


रासस प्रकाशित: २०७५-१२-७ गते
पेस्तोल देखाएर सिन्धुलीमा १ सय २० तोला सुन लुटपाट

सिन्धुली । कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढको साथबाट अज्ञात समूहले पेस्तोल देखाउँदै १ सय २० तोला सुन लुटेको छ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यावसायीलाई सुरक्षाको सुरक्षाका प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारबाही गर्न माग गरे।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान सुरु भइरेहेको जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र तत्कालै केही भन्न नसकिने उनको भनाइ छ।


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..