१० रूपैयाँको शेयर खुल्यो, न्यूनतम १०० देखि १० हजार कित्तासम्म आवेदन दिन पाईने


नेपालपाना प्रकाशित: २०७५-१२-७ गते
१० रूपैयाँको शेयर खुल्यो, न्यूनतम १०० देखि १० हजार कित्तासम्म आवेदन दिन पाईने

काठमाडौं । आजदेखि प्रतिकित्ता १० रूपैयाँ मूल्यमा त्रिशुली जलविधुत कम्पनीको शेयर खुलेको छ । जनताको जलविधुत कार्यक्रम अन्तर्गत सर्वसाधारणका लागि  ३७ करोड ५ लाख रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्काशन गरिएको हो । 

कम्पनीको शेयरमा प्रधानमन्त्री केपि ओलीले पहिलो आवेदन दिएका छन् । आईपीओको मूल्य प्रतिकित्ता सय रूपैयाँ भएपनि १० प्रतिशत रकम अग्रिम रूपमा जनताको जलविधुत कार्यक्रम अन्तर्गत शेयरका रूपमा उठाउन लागिएको हो । बाँकी ९० रुपैयाँको शेयर कम्पनीले दोस्रो चरणमा निष्काशन गर्नेछ ।

प्रधानमन्त्री ओलीले जनताको जलविधुत कार्यक्रम उद्घाटन गरी प्रचारप्रसार गर्ने इच्छा देखाएपछि नेपाल धितोपत्र बोर्डले हतार-हतारमा शेयर निष्काशन प्रकृया टुंग्याएको हो । साथै, यो कार्यक्रमअन्तर्गत निष्काशन हुने शेयरको क्रेडिट रेटिङ समेत गर्नुनपर्ने व्यवस्था गरिएको छ । 

त्रिशुलीको शेयरमा सर्वसाधारणले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा चैत्र १२ गतेदेखि ढिलोमा बैशाख ६ गतेसम्म कम्पनीको शेयरमा आवेदन दिन सकिनेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अधिकृत पूँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणको लागि छुट्टाएको हो । 

दुई अर्ब ४७ करोड रुपैयाँ जारी पूँजी रहेको त्रिशुली जलविधुत कम्पनीको आईपीओमध्ये सर्वसाधारणका लागि ३५ करोड ९३ लाख ८५ हजार र कर्मचारीका लागि एक करोड ११ लाख १५ हजार रुपैयाँ बराबरको शेयर छुट्याइएको छ । 

३७ मेगावाट क्षमताको त्रिशुली आयोजना सरकारले निर्माण गरिरहेको छ । नुवाकोट र रसुवा जिल्लाको सिमानामा निर्माणाधीन यो आयोजनको प्रतिमेगावाट लागत २२ करोड २३ लाख रूपैयाँ पर्ने अनुमान छ । 







अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..

सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । आज सुनको भाउ प्रती तोलामा १०० घटेको छ ।  सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हज..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रु..

आज नेप्सेमा २ अंकले बढ्यो
आज नेप्सेमा २ अंकले बढ्यो

काठमाडौँ । नेप्से २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  यसदिन १ सय ७३ कम्पनीको १३ लाख ७३ हजार १२० कित्ता शेयर खरिदबिक्..