पृथ्वीको सतहबाट २५ किलोमिटरमाथि विशालकाय उल्का विस्फोट, १ सय ७३ किलोटन उर्जा उत्पन्न


नेपालपाना प्रकाशित: २०७५-१२-७ गते
पृथ्वीको सतहबाट २५ किलोमिटरमाथि विशालकाय उल्का विस्फोट, १ सय ७३ किलोटन उर्जा उत्पन्न

काठमाडौं । गत २८ डिसेम्बरमा पृथ्वीको सतहभन्दा २५.६ किलोमिटरमाथि भयानक उल्का विस्फोट भएको वैज्ञानिकहरूले जानकारी दिएका छन् । सो विस्फोटबाट १ सय ७३ किलोटन उर्जा उत्पन्न भएको छ । 

टेक्सासको उडल्याण्डमा आयोजित चन्द्रमा र ग्रह विज्ञान सम्बन्धी एक सम्मेलनमा नासाकी वैज्ञानिक डा. केली फास्टले यो विष्फोटबारे जानकारी दिएका छन् । सो उल्का पीण्ड ३२ किलोमिटर प्रतिसेकेण्डको वेगमा वायुमण्डलमा प्रवेश गरेको थियो । 

बेलायती अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार यो विस्फोट सबैभन्दा पहिले अमेरिकी वायु सैनिकले थाहा पाएका थिए । लगत्तै विस्फोटबारे नासाका वैज्ञानिकहरूलाई जानकारी गराइएको थियो । उत्तर अमेरिका र एसियाबीच व्यापारिक उडान हुने रुट नजिकै सो उल्का पीण्ड विस्फोट भएको जनाइएको छ । 

पृथ्वीको वायुमण्डलमा पछिल्ला ३० बर्षमा भएकामध्ये यो दोस्रो ठूलो विस्फोट हो । ६ वर्षअघि रुसको वायुमण्डलमाथि भएको उल्का विस्फोट हिरोसिमामा खसालिएको अणुबमभन्दा १० गुणा बढी शक्तिशाली थियो ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..