क्रिकेट खेल्दाखेल्दै यादवको क्रिचमै मृत्यु 


नेपाल पाना प्रकाशित: २०७५-१२-७ गते
क्रिकेट खेल्दाखेल्दै यादवको क्रिचमै मृत्यु 

काठमाडौं । खेल्दाखेल्दै एकजना क्रिकेट खेलाडीको मृत्यु भएको छ । भारतको कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट खेल्दै आएका २२ वर्षिय सोनु यादवको मृत्यु भएको हो ।

भारतीय संचारमाध्यमका अनुसार स्पोर्टिङ क्लबमा अभ्यास खेल खेल्ने क्रममा ब्याटिङ गर्दै गर्दा यादवको मृत्यु भएको छ ।ब्याटिङ गर्ने क्रममा लडेका उनलाई तत्काल एसएसकेएम हस्पिटल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सेकेन्ड डिभिजन क्रिकेट खेल्दै आएका सोनु एक विकेटकीपर ब्याट्सम्यान रहेको बताइएको छ । क्लबको कुनै खेल तालिका नरहेकाले सोनुले साथीहरुसंग अभ्यास खेलिरहेको बुझिएको छ ।







सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए
अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तान । अफगानिस्तानमा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिएका छन् । अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेका बेला अफगानि..

विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !
विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !

एजेन्सी । अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ..

झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..