मस्जिद आक्रमणमा ५० जना मारिएपछि न्यूजिल्याण्डमा बन्दुक राख्न प्रतिबन्ध


नेपालपाना प्रकाशित: २०७५-१२-७ गते
मस्जिद आक्रमणमा ५० जना मारिएपछि न्यूजिल्याण्डमा बन्दुक राख्न प्रतिबन्ध

वेलिंटन सिटी । गत शुक्रबार एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा मस्जिदमा प्रार्थना गरिरहेका ५० जना मारिएपछि न्युजिल्याण्ड सरकारले बन्दुकमाथि प्रतिबन्ध लगाएको छ । 

अब न्यूजिल्याण्डबासीले बन्दुक राख्न नपाउने भएका छन् । न्यूजिल्याण्ड सरकारको अहिलेको बन्दुकसम्बन्धी कानून नै परिवर्तन गर्ने तयारी छ । 

क्राइस्टचर्चमा बन्दुकधारीको आक्रमणबाट ५० जनाको ज्यान गएपछि न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने भएको छ । क्राइस्टचर्च शहरका २ मस्जिदमा भएको आक्रमणसँगै अधिकांश न्यूजिल्याण्डबासीले बन्दुक राख्न नपाउने पक्षमा मत व्यक्त गरिरहेका छन् । 

प्रधानमन्त्री जासिन्डा अरडर्नले अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरिसकेकी छिन् । यसअनुसार अब अप्रिल ११ तारिखदेखि सैन्य स्टाइलका अर्धस्वचालित र एसल्ट राइफलमाथि प्रतिबन्धको घोषणा गरिँदैछ ।







जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..

भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार
भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार

एजेन्सी । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार भएको छ । भारतको दक्षिणी सहर चेन्नाईमा पछिल्ला केही..