बाढी पहिरोमा परी इन्डोनेसियामा १०७ को मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-७ गते
बाढी पहिरोमा परी इन्डोनेसियामा १०७ को मृत्यु

इन्डोनेसिया । पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ भने अहिले सम्म बेपत्ता हुनेहरूको संख्या ९३ रहेको छ । 

अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूको संख्या धेरै नै रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताएका छन् । बेपत्ता हुनेहरूकोअझै खोजी तथा उद्धारको प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । बाढीबाट प्रभावित भएकामध्ये झण्डै सात हजार जनालाई विभिन्न शरणार्थी शिविरहरूमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन् ।

बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल ध्वस्त हुनुको साथै सडक लगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ ।







सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए
अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तान । अफगानिस्तानमा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिएका छन् । अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेका बेला अफगानि..

विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !
विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !

एजेन्सी । अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ..

झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..