प्रधानमन्त्री ओलीले १०० कित्ता शेयर किन्न आवेदन दिए


नेपालपाना प्रकाशित: २०७५-१२-७ गते
प्रधानमन्त्री ओलीले १०० कित्ता शेयर किन्न आवेदन दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १ हजार कित्ता प्राथमिक शेयर किन्न आवेदन दिएका छन् । 

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गर्न प्रधानमन्त्रीले आवेदन दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारबाट कार्यक्रम उद्घाटन गर्दै ओलीले १० हजार कित्ता शेयर भरेका छन् । प्रतिकित्ता १० रूपैयाँका दरले १ लाख रूपैयाँको शेयर भरेपनि पछि उनले थप ९० रूपैयाँ बुझाउनुपर्नेछ । 

ओलीपत्नी राधिका शाक्यले पनि १० हजार कित्ता शेयर भरेकी छिन् भने उर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन् ।

यो पनि पढ्नुहोस् : १० रूपैयाँको शेयर खुल्यो, न्यूनतम १०० देखि १० हजार कित्तासम्म आवेदन दिन पाईने

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निष्काशन गरिएको शेयरमा पहिलो आवेदनकर्ता बनेका प्रधानमन्त्री ओलीले आम सर्वसारधणलाई यस प्रकारका आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो सेयर खरिदका लागि आवेदन दिएको दाबी गरेका छन् । 

नेपालीको थोरैथोरै लगानीले ठूला आयोजना निर्माण गर्न सकिने बताउँदै प्रधानमन्त्री ओलीले यसमा सहभागी हुनका लागि विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई समेत आह्वान गरेका छन् ।







अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..

सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । आज सुनको भाउ प्रती तोलामा १०० घटेको छ ।  सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हज..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रु..

आज नेप्सेमा २ अंकले बढ्यो
आज नेप्सेमा २ अंकले बढ्यो

काठमाडौँ । नेप्से २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  यसदिन १ सय ७३ कम्पनीको १३ लाख ७३ हजार १२० कित्ता शेयर खरिदबिक्..