नेपाल-भारत पारवहन सन्धीमा 'जलमार्ग' थपियो, बिराटनगर नाकासम्म कार्गो ब्लक आउने


नेपालपाना प्रकाशित: २०७५-१२-७ गते
नेपाल-भारत पारवहन सन्धीमा 'जलमार्ग' थपियो, बिराटनगर नाकासम्म कार्गो ब्लक आउने

काठमाडाैं । सन् १९९९ मा नेपाल र भारतबीच भएको पारवहन सन्धिमा अब नेपालसम्म जलमार्ग विस्तार गर्ने महत्वपूर्ण बुँदा थपिएको छ । 

दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीको बैठकमा नेपाली पक्षले सन्धिमा जलमार्ग थप्न गरेको प्रस्तावमा भारतीय पक्षले सहमति जनाएको छ । चैत ४ र ५ गते नयाँदिल्लीमा बसेको सो बैठकमा नेपालले जलमार्गसँगै थप दुइटा बन्दरगाह प्रयोग गर्न तथा भैरहवा र विराटनगर नाकासम्म कार्गो बल्क आउन दिन प्रस्ताव राखेको थियो । 

वाणिज्य मन्त्रालयस्रोतका अनुसार नेपाली पक्षले राखेका सबै प्रस्तावमा भारतीय पक्ष सहमत भएको छ। नेपालले अहिले ठूला र प्रमुख नदीहरूमा पानीजहाज सञ्चालन गर्ने प्रकृया अघि बढाएका बेला भारतसँग महत्वपूर्ण सहमति भएको हो । 

यससँगै भारतले उडिसाको धमिरा र गुजरातको कण्डला बन्दरगाह नेपाललाई प्रयोग गर्न दिन र तेस्रो मुलुकबाट नेपाल आउने बल्क कार्गोको प्रवेश बिन्दुका रूपमा विराटनगर र भैरहवालाई समेत मान्यता दिन सहमति जनाएको छ । हालसम्म तेस्रो मुलुकबाट आउने बल्क कार्गो वीरगन्ज–रक्सौल नाकामा मात्रै ल्याउन सकिन्छ ।

पारवहन सन्धीमा नेपालको जलमार्गसमेत समेटिएकाले अब नेपालले गंगालगायत नदीमा भारतले बनाइरहेको जलमार्ग समेत उपयोग गर्न पाउनेछ । पछिल्लो सहमतिलाई दुवै देशका सरकारको मन्त्रीपरिषद्को बैठकबाट पारित गराएपछि सन्धीकै अंगका रूपमा कार्यान्वयन हुनेछ ।







विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । आज आईतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रुप..

नक्कली भ्याटबिल बनाएर १०० कम्पनीले साढे सात अर्ब कर कर छले 
नक्कली भ्याटबिल बनाएर १०० कम्पनीले साढे सात अर्ब कर कर छले 

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ती कम..

सुनको भाउ अहिलेसम्मकै महंगो, किन्नेभन्दा बेच्ने धेरै !
सुनको भाउ अहिलेसम्मकै महंगो, किन्नेभन्दा बेच्ने धेरै !

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६५ हजार पुगेपछि सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् ।  मूल्य बढेको मौकालाई अवसरका रुपमा..

सुनको मुल्य बढेर तोलाको ६५ हजार पुग्यो
सुनको मुल्य बढेर तोलाको ६५ हजार पुग्यो

काठमाडौं । सुनको मुल्य बढेर तोलाको ६५ हजार पुगेको छ ।  बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य..