होटेलमा गोप्य क्यामरा, बन्यो १६ सय व्यक्तिका अश्लील भिडियो


नेपाल पाना प्रकाशित: २०७५-१२-७ गते
होटेलमा गोप्य क्यामरा, बन्यो १६ सय व्यक्तिका अश्लील भिडियो

लण्डन । गोप्य क्यामरा राखेर झण्डै १६ सय व्यक्तिको अश्लील भिडियो बनाएको खुलेको छ । दक्षिण कोरियाका ३० भन्दा बढी होटलका कोठामा गोप्य क्यामरा राखेर अश्लील भिडियो बनाउनेमा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । 

टिभी, हेयर ड्रायरको होल्डर र सोकेटमा क्यामरा लगाएर भिडियो बनाउने गरेका पुरुषहरुले यसबाट ६ हजार डलर भन्दा बढी आय गर्ने गरेका थिए । उनीहरुमाथि अनुसन्धान भइरहेको र दोषी पाइएमा १० वर्षसम्मको जेल सजाय र २६ हजार डलर भन्दा बढी जरिवाना हुनेछ ।

लुकाइएका क्यामराबाट खिचिएका भिडियोलाई उनीहरुले सेक्स टेप वा निउड टेपको रुपमा बिक्री गर्ने गरेका थिए । उनीहरुले गएको अगस्टमा दक्षिण कोरियाका १० शहरमा रहेका ३० होटलका कोठामा एक एमएमको लेन्ससहितको क्यामरा लगाएका थिए । नोभेम्बरमा उनीहरुले वेब साइट बनाए, जसमा पूरा भिडियो हेर्नका लागि पैसा तिर्नु पर्ने र ३० सेकेण्डको भिडियो बिना शुल्क हेर्न पाउने व्यवस्था थियो ।

उनीहरुले वेब साइटमा ८०३ वटा भिडियो पोस्ट गरेका थिए । यहि मार्चमा साइट बन्द गर्दासम्म उनीहरुले ९७ जना शुल्क तिर्ने सदस्य थिए ।







झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..

एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा
एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा

काठमाडौं । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हाँसिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्..

इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु
इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका..

जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..