रौतहटमा गोली चल्यो, चार पक्राउ 


नेपानपाना प्रकाशित: २०७५-१२-७ गते
रौतहटमा गोली चल्यो, चार पक्राउ 

रौतहट । रौतहटमा दुई समूहबीच विवाद हुँदा प्रहरीले गोली चलाएको छ। गजुरा नगरपालिकामा बिहीबार होली खेलिरहेको अवस्थामा मटका फुटाउने क्रममा दुई पक्षबीच विवाद हुँदा प्रहरीले गोली चलाएको हो।

स्थानीय महिलाहरुले मटका फुटाउने कार्यक्रमको तयारी गरिरहेको वेला अर्को समूहले आएर जबरजस्ती मटका फुटाएको थियो। नेपाल प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगी स्थितिलाई नियन्त्रणमा लिन र दुई पक्षलाई तितरवितार पार्न खोज्दा नआएपछि प्रहरीले गोली चलाएको हो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्याँस छाडिएको र अहिले स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी गराएका छन्। घटनामा संलग्नको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। घटनामा केही महिलालाई सामान्य चोटपटक लागेको छ। 







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..