विप्लवबारे बाबुराम भट्टराईको बोली फेरियो, राजनीतिक एजेण्डा नै नभएको दाबी


नेपालपाना प्रकाशित: २०७५-१२-७ गते
विप्लवबारे बाबुराम भट्टराईको बोली फेरियो, राजनीतिक एजेण्डा नै नभएको दाबी

काठमाडौं । बाैद्धिक नेताका रूपमा चिनिने, तर राजनीतिक प्रतिबद्धता र स्थिरता नभएका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबारे बोली फेरेका छन् । 

१० भदाैमा बसेको प्रतिनिधीसभाको बैठकमा बोल्दै भट्टराईले नेकपाले उठाएका मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने र वार्तामार्फत समस्या समाधान गर्नुपर्ने तर्क राखेका थिए । केहीअघि पनि संसदमै बाबुरामले विप्लवका पछाडी युवाहरू लागेको र समयमै त्यसलाई रोक्न नसके स्थिति भयावह हुने बताएका थिए । 

तर, विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लागेको डेढसाता बित्न नपाउँदै पूर्व सहकर्मी बाबुरामले बोली नै फेरिदिएका छन् । विप्लवसँग राजनीतिक एजेण्डा नै नभएको जनाउँदै बाबुरामले सोही कारण जनमत लिन नसक्ने बताए । गुरूप्रसाद गाैतम स्मृति प्रतिष्ठानको कार्यक्रममा बाबुराम बोल्दै थिए । विप्लव समूहको माग नै प्रष्ट नभएकाले केही छिटपुट घटना गराएपनि राजनीतिक यात्रा पुरा गर्न नसक्ने बाबुरामले ठोकुवा गरेका छन् । 

जनयुद्धको मध्यतिर तत्कालीन माओवादीभित्र भएको दुईलाईन संघर्षदेखि नै विप्लव बाबुरामको कटु आलोचक रहि आएका थिए । प्रधानमन्त्री रहँदा जनसेनाको क्याम्पमा सेना परिचालन गरि कब्जामा लिने काम पनि बाबुरामकै नेतृत्वमा भएको थियो ।







सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार
सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि ८६ जनालाई बोलाएको छ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकालाई बुधबार अख्तियारले एक स..

सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 
एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 

काठमाडौँ ।  एसईईको परीक्षाको प्रतीफल भोलिसम्ममा सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।   परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने  ‘एसईईको नतिजा आज सम्..