भारतीय विदेश सचिव गोखले नेपाल आउँदै


नेपालपाना प्रकाशित: २०७५-१२-८ गते
भारतीय विदेश सचिव गोखले नेपाल आउँदै

काठमाडाैं । भारतीय विदेश सचिव विजय केशव गोखले चैत १४ गते नेपाल भ्रमणमा आउन लागेका छन् । 

चैत १५ र १६ गते काठमाडाैंमा हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा गोखलेले नेपालको भ्रमण गर्न लागेका हुन् । भ्रमणक्रममा उनले प्रधानमन्त्री केपी ओली, परराष्टमन्त्री प्रदीप ज्ञवाली र अन्य नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भारतीय सहयोगमा नेपालमा सञ्चालित कार्यक्रमको अवस्था, नेपाल-भारत द्विपक्षीय सम्बन्ध, यसअघि दुईपक्षबीच भएका सहमति/सम्झाैताको प्रगतिअवस्था लगायतबारे गोखलेको भ्रमण केन्द्रीत हुने परराष्ट्र मन्त्रालयस्रोतले जानकारी दियो । 

भारत र पाकिस्तानबीच गत महिना काश्मीरमा उब्जिएको सामरिक तनावपछि भारतीय अधिकारीहरूले नेपालमा गर्ने लागेको यो पछिल्लो 'अफिसियल भिजिट' हो ।







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..