केमिकल कम्पनीमा शक्तिशाली बिस्फोट, ४४ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-८ गते
केमिकल कम्पनीमा शक्तिशाली बिस्फोट, ४४ जनाको मृत्यु

एजेन्सी । केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को ज्यान गएको छ भने ६ सय ४० घाइते भएको छ । यो बिस्फोट पूर्वी चीनको येनचंग शहरमा तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयानुसार बिहिबार बिहान ११ बजेर पाँच मिनेटमा भएको थियो ।

चीनियाँ मिडियाका अनुसार बिस्फोटपछि कारखानामा आगो फैलिएको थियो । यो कारखानामा मल ९ फर्टिलाइजर ० बनाउने काम हुन्छ । चीनको भूकम्प प्रशासनले बिस्फोटका बेला २.२ तीब्रताको भूकम्प आएको जनाएको छ ।

चीनियाँ सरकारी टिभीका अनुसार कारखानामा लागेको आगो शुक्रबार नियन्त्रणमा आएको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार करिब ६ सय ४० घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये ३२ को स्थिती गम्भीर छ ।

सोसल मिडियामा देखिएका तस्बिर अनुसार कारखानामा आगो लाग्नेबित्तिकै आकाश घुँवाले भरिएको थियो । थुप्रै मानिसहरु घाइते छन् र भवनलाई पनि क्षती पुगेको छ । स्थानीय मिडिया अनुसार बिस्फोट यति शक्तिशाली थियो कि कारखाना नजिकका भवन पनि यसको चपेटमा आएको थियो ।







सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार
सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि ८६ जनालाई बोलाएको छ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकालाई बुधबार अख्तियारले एक स..

सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 
एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 

काठमाडौँ ।  एसईईको परीक्षाको प्रतीफल भोलिसम्ममा सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।   परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने  ‘एसईईको नतिजा आज सम्..