खुकुरी प्रहार गरी श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या


नेपाल पाना प्रकाशित: २०७५-१२-८ गते
खुकुरी प्रहार गरी श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

बरहथवा नगरपालिकामा बस्दै आएका उदयपुरको सुरुंङ्गा नगरापालिकाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्माको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यागरी भाग्दै गरेका रामजीलाई प्रहरीले बिहिबार रातीनै पक्राउ गरेको छ । सुनिताको घटना स्थलमै ज्यान गएको थियो । मृतक सुनिता बरहथवास्थित चक्र जनता बहुमुखी क्याम्पस बरहथवामा शिक्षिकाको रुपमा कार्यरत थिईन् । 

रामजी अम्मर सुनचाँदी पसलमा कालीगढको काम गर्ने गरेका थिए । रामजीसँग दोस्रो विवाह गरेकी सुनिताकोे पहिलो श्रीमानतर्फ १५ वर्षकी छोरी समेत छिन् ।

आफू सुतिरहेका बेला श्रीमतीले खुकुरी प्रहार गर्न खोजेपछि सोही खुकुरी खोसेर आक्रमण गर्दा श्रीमतीको ज्यान गएको रामजीले बताएको प्रहरीले जनाएको छ । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए । मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको बरहथवाका प्रहरी निरीक्षक आमोद खेरवारले जानकारी दिए ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..