‘ए मेरो हजुर’को ‘परान’ सार्वजनिक (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-१२-८ गते
‘ए मेरो हजुर’को ‘परान’ सार्वजनिक (भिडियोसहित)

विराटनगर । फिल्म ‘ए मेरो हजुर ३’को दोस्रो गीत सार्वजनिक भएको छ । नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको गीत सार्वजनिक भएको हो । 

आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउने सो फिल्मको ‘परान’बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । आशिष अबिरल र अन्जु पन्तको स्वरमा सजिएको उक्त गीतको शब्द भने आनन्द अधिकारीको हो । आशिष अभिरलकै संगीत तथा एरेन्जमा बनेको सो गीतको भिडियोमा अनमोल र सुहानाका साथमा नायक सलोन बस्नेत पनि फिचर्ड छन् ।

गत असोज २६ बाटे छायांकन सुरू भएको यस फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो । यस चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने निर्देशक थापा र सुमन पौडेलको कथा रहेको छ ।

यस्तै रोशन श्रेष्ठले द्वन्द्व निर्देशन तथा सञ्जय लामाको छायांकनमा बनेको यस फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने सुहाना एक फ्यानकोे भूमिकामा छिन् । यस्तै अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रियलर राई र सरोज खानलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।


‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)
‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक..

‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..

‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ ।  समाजमा घ..