सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का भेटिएपछि...


नेपाल पाना प्रकाशित: २०७५-१२-८ गते
सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का भेटिएपछि...

बर्दिया । सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको हो ।  

प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए ।

सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ । १३  औं देखि १७ औं शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ ।

नयाँ मुलुक भएको बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ ।


प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि...

काठमाडौं । काठमाडौं महानगरपालिका- टुकुचाबाट प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं नयाँबजार बस्ने काभ..

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..