छुट्टाछुट्टै मुद्धाका दोषी दुई फरार अभियुक्त पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१२-८ गते
छुट्टाछुट्टै मुद्धाका दोषी दुई फरार अभियुक्त पक्राउ

पाँचथर । छुट्टाछुट्टै मुद्धामा दोषी ठहर भई फरार रहेका दुई अभियुक्त पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको फालेलुङ गाउँपालिका-५, बस्ने ३० बर्षीय सुवाशचन्द्र केरुङ रहेका छन् ।

नकवजनी चोरी मुद्धामा जिल्ला अदालतले पाँच दिन कैद र ८७ हजार एक सय रुपैंयाँ जरिवाना सुनाएका उनी लामो सपयसम्म फरार रहेका थिए । उनलाई इलाम प्रहरीको सहयोगमा इलामको पशुपतिनगर बजारबाट पक्राउ गरिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए । पक्राउ गरी अदालत उपस्थित गराइएका उनलाई अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार चलान गरिएको पौडेलले बताए ।

त्यस्तै फिदिम नगरपालिका-४, का मनोज तावालाई पनि प्रहरीले पक्राउ गरेको छ । केही सार्वजनिक अपराध मुद्धामा तावालाई अदालतले पाँच हजार रुपैंयाँ जरिवाना सुनाएको थियो । तावा भने तोकिएको जरिवाना तिरेर घर फर्किएको प्रहरीले जनाएको छ ।







अत्याधिक लोड बोकेको ट्रक दुर्घटना हुँदा शिक्षकको मृत्यु
अत्याधिक लोड बोकेको ट्रक दुर्घटना हुँदा शिक्षकको मृत्यु

डडेलधुरा । डडेलधुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा गएराती अत्याधिक भार बोकेको ट्याक्टर दुर्घटनामा पर्दा शिक्षकको मृत्यु भएको छ। गोदाम बजारबाट कुर्जेनी गाउँतर्फ..

युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..