‘लिभिङ टुगेदर’ का उजूरी बढे


नेपानपाना प्रकाशित: २०७५-१२-८ गते
‘लिभिङ टुगेदर’ का उजूरी बढे

काठमाडौँ । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिए । 

“दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि पुरुषले आफ्नो स्वार्थ पूरा गरेर बेपत्ता भइसकेपछि मात्र महिला आयोगमा आइ पुग्छन्”, क्षेत्रीले भने । उनका अनुसार सामान्य नागरिकका उजूरीका सवालमा चित्तबुझ्दो नतिजा आए पनि सुरक्षाकर्मीका सवालमा भने अहिलेसम्म चित्तबुझ्दो नतिजा आउन सकेको छैन । 

आयोगले त्यस्ता खाले उजूरीको तथ्याङ्कलाई छुट्टै राख्ने भन्दा पनि घरेलु हिंसाअन्तर्गत नै राख्ने गरेको छ । आयोगको तथ्याङ्कअनुसार २५ प्रतिशत उजूरी शारीरिक यातनासँग सम्बन्धित छन् । 

त्यस्तै २९ प्रतिशत आर्थिक विषयसँग र १० प्रतिशत यौन यातनासँग सम्बन्धित छन् भने ३६ प्रतिशत उजूरी भावनात्मक यातनासँग सम्बन्धित छन् । चालु आर्थिक वर्ष २०७५/७६ को साउनदेखि फागुनसम्मको तथ्याङ्कअनुसार घरेलु हिंसाका उजूरी ८१८ र महिला हिंसाका १०७ गरी जम्मा ९२५ उजूरी परेका छन् । 

तथ्याङ्कअनुसार घरेलु हिंसाका उजूरी ८५ प्रतिशत छ भने महिला हिंसाका उजूरी १५ प्रतिशत छन् । सबैभन्दा बढी उजूरी दलित, जनजाति तथा पिछडिएको समुदायका महिलाबाट पर्ने गरेको देखिएको आयोगले बताएको छ । 

आयोगका अनुसार सबैभन्दा बढी महिला हिंसाका घटना काठमाडौँमा हुने गरेका छन् । त्यस्तै शिक्षित महिलाका घटना फाट्टफुट्ट मात्र पर्ने गरेका छन् ।

आयोगमा घटना दर्ता गर्ने महिला बढी अशिक्षित तथा अर्धशिक्षित छन् । आयोगमा सामान्य महिलाका मात्र नभई उच्च घरानीया महिलाले समेत उजूरी दिने गरेको पाइएको छ । 

आयोगका उजूरी सुनुवाइका लागि ल्याक, सेलर्ड, नेपाल बार एशोसिएशन, साथीलगायत अन्य सङ्घ संस्थासँग पनि सहकार्य गरी कानूनी सहायता समेत गर्दै आएका छन् । आयोगको निःशुल्क हटलाइन नम्बर ११४५ मार्फत केही उजूरी दर्ता हुने गरेका छन् । 

महिला साथी, छिमेकी, प्रहरी, विभिन्न सङ्घसंस्थालगायत प्रहरीमार्फत पनि आयोगमा आइपुग्ने गरेका छन् । हाल सङ्घीयता कार्यान्वयनपछि आयोगले सातैवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरी सेवा दिने नीति अघि ल्याएको छ । 

हाल विभिन्न स्थानीय सङ्घसंस्थामा सहकार्य गरी आयोगले देशका ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ । हाल महिलाका लागि मात्र नभइ पीडित पुरुषलाई समेत न्याय दिलाउने काम भइरहेको छ । पुरुषका हकमा भने हालसम्म दुई प्रतिशत मात्र आयोगमा आइपुगेका छन् । 


प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..

आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..