सेती अञ्चल अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि...


नेपाल पाना प्रकाशित: २०७५-१२-८ गते
सेती अञ्चल अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि...

धनगढी । उपचारको क्रममा महिलाको मृत्यु भएपछि सेती अञ्चल अस्पताल धनगढी तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले अञ्चल अस्पताल घेरा हालेका छन् ।

सेती अञ्चल अस्पतालमा प्रसुती गराएकी धनगढी उपमहानगरपालिका-१२, जुगेडाकी २२ वर्षिय रेखा थापाको बिहीबार मृत्यु भएको थियो । गत ४ चैतमा अस्पतालमा भर्ना भएकी रेखाको शल्यक्रियामार्फत बच्चा जन्माइएको थियो ।

उनलाई प्रसुतीपछि २ दिनसम्म अस्पताल राखिएको थियो । प्रसुती व्यथा लागेर सामान्य अवस्थामा अस्पताल भर्ना गरिएकोमा चिकित्सकले उपचारमा लापरबाही गरेको कारण मृत्यु भएको उनका श्रीमान जय थापाले बताए ।

अस्पतालका अनुसार शल्यक्रियापछि उनको पेट सुनिने समस्या देखिएको थियो । आफन्तका अनुसार उनलाई जण्डीस भएको भन्दै डाक्टरले बुधबार जण्डिसको उपचार गरेका थिए ।

तर पेट सुनिने समस्या यथावत रहेपछि अञ्चल अस्पतालले बिहीबार उनलाई उपचारको लागि अन्यत्र लैजान सुझाव दिएको थियो । उनको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा बाटैममा मृत्यु भएको हो ।

उपचारमा लापरबाही गर्ने चिकित्सक र नर्सलाई कारबाही गर्नुपर्ने माग राख्दै आफन्तले शव बुझेका छैनन् । दोषीलाई कारबाही गर्ने प्रतिवद्धता भए मात्र शव उठाउने उनीहरुको माग छ ।


प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..

आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..