दादुराका कारण फिलिपिन्समा ३१५ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-८ गते
दादुराका कारण फिलिपिन्समा ३१५ जनाको मृत्यु

फिलिपिन्स । दादुराका कारण ३१५ जनाको मृत्यु भएको छ । दादुराबाट प्रभावित हुनेहरुको संख्या यस वर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेका छन् ।

प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ । यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार प्रभावित भएकाहरूको र मृत्यु भएकाहरूको संख्या काभिट, लगुना, बातान्गास, रिजाल र क्वेजोनमा धेरै रहेको छ । ती सवै प्रान्तहरुमा गरेर कुल ४४ सय १ प्रभावित भएका थिए भने ८७ जनाको मृत्यु भएको थियो । सवै भन्दा धेरै १ देखि ४ वर्ष उमेर समूहका मानिसमा दादुराको प्रभाव देखिएको छ ।

त्यस उमेर समूहका ६ हजार १८० अर्थात् २९ प्रतिशत विरामी रहेका छन् । त्यसैगरी उक्त उमेर समूहबाट मृत्यु हुनेको संख्या पनि १४२ अर्थात ४५ प्रतिशत रहेको छ ।







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..