ब्राजिलका पुर्वराष्ट्रपति मिसेल पक्राउ


एजेन्सी प्रकाशित: २०७५-१२-८ गते
ब्राजिलका पुर्वराष्ट्रपति मिसेल पक्राउ

ब्राजिलिया - ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । 

उनलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् । त्यसपछि उनलाई संघीय प्रहरीले रियो दि जेनेरियो लगेको छ । पुर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बन्नु भएको थियो । पदमा बहाल रहेकै बेला उहाँलाई भ्रष्टाचारको अभियोग लागेपछि पदमुक्त भएका थिए । 

उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । उनले आफुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । 

यस्तै अभियोगमा अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् । यसरी पक्राउ पर्ने प्रमुख राजनीतिज्ञमा पुर्वराष्ट्रपति लइज इनाकिओ जुला डा सिल्भा र पुर्व खनिज तथा उर्जा मन्त्री मोरेइरा फ्रान्सोलाई पनि पक्राउ गरिएको छ । 







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..