नेपाली युवकले गर्दैछन् यी बलिउड नायिकासँग विवाह


एजेन्सी प्रकाशित: २०७५-१२-८ गते
नेपाली युवकले गर्दैछन् यी बलिउड नायिकासँग विवाह

काठमाडौँ । नेपाली युवकले एक बलिउड नायिकासँग विवाह गर्न लागेका छन्। नेपाली युवक रोहन श्रेष्ठले बलिउडकी ‘आसिकी गर्ल’ श्रद्धा कपुरले आउँदो वर्ष आफ्ना बिहे गर्न लागेकी हुन्। भारतीय मिडियाका अनुसार श्रद्धा र रोहनको परिवारले उनीहरुको बिहेको तयारी समेत थालेको छ।

श्रद्धाको शाहो, चिचरी र स्ट्रिट डान्सर नामक फिल्म प्रदर्शनको क्रममा छन्। शक्ति कपुरकी छोरी श्रद्धा अभियनका साथै गायनबाट पनि चर्चित छन्। श्रद्धाका प्रेमी रोहन पेशाले फोटोग्राफर हुन्। उनले खिचेका तस्वीरहरु बिभिन्न पत्रिकामा छापिँदै आएका छन। ३४ वर्षीय रोहन मुम्बई र न्यूयोर्कमा बस्छन्। उनी प्रसिद्ध फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन्। श्रद्धा र रोहनबीच दुई वर्षको मात्र फरक छ। अघिल्लो वर्षदेखि नै उनीहरुले ‘डेटिङ’ थालेका थिए।

पिताबाट फोटोग्राफी सिकेका रोहनले बलिउडका ‘मै हुँ’ भन्ने सेलिब्रेटीहरुको फोटो खिच्दै आएका छन्। उनले आफ्नो वेभसाइटमा प्रेमिका श्रद्धा कपुरको मात्र नभएर बलिउड र खेल जगतका हस्तीहरुको फोटो राखेका छन्। रोहन गोताखोर समेत हुन्।

अनुष्का शर्मा– बिराट कोहली, प्रियङ्का– निक, दिपिका–रणवीर, सोनम–आनन्द आहुजापछि अब श्रद्धा र रोहन बैबाहिक जीवनमा बाँधिन आँटेका हुन्।उनीहरुको बिहेको हल्लासँगै केही मिडियाहरुले भने दुईबीच सम्बन्ध राम्रो नरहेको समेत टिप्पणी गरेका छन्।


आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती
आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती

काठमाडौं । नेपाली संगीत आकाशका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ८०औं जन्मजयन्ती आज (शनिबार) मनाइँदैछ ।  नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलाग..

रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म
रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म

विराटनगर । रेल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर चर्चामा आएकी रानू मण्डलको जिन्दगीमाथि..

बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक
बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस..

भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..