कटुवा पेस्तोलसहित एक जना पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१२-९ गते
कटुवा पेस्तोलसहित एक जना पक्राउ

कपिलवस्तु । एक थान कटुवा पेस्तोल र एक थान म्यागजिनसहित एक जना पक्राउ परेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ४ चनईमा शनिबार बिहान पकउ परको हो ।

पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रिजवान मुसलमान रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए । विशेष सुराकीका आधारमा रिजवानको घरबाट हतियार बरामद गरिएको प्रहरी निरीक्षक उपाध्यायले बताए । 

पक्राउ परेका रिजुवानको घरमा खानतलासी गर्दा उनी सुत्ने कोठाको ओछ्यानको तल एक थान म्यागजिन र कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका रिजवानउपर हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ । 







युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..

आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ
आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न २ जना पक्राउ परेको छ ।  नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्व..