भण्डारीको हत्यामा संलग्न भएको अभियोगमा २ जना पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१२-९ गते
भण्डारीको हत्यामा संलग्न भएको अभियोगमा २ जना पक्राउ

कैलाली । प्रहरीले हर्कबहादुर भण्डारीको हत्या संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि भण्डारीको हत्या भएको थियो ।  

बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली जिल्ला गोदावरी नगरपालिकाका २३ वर्षीय गोविन्द आउजीलाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।

यही चैत २ गते गोदावरी नगरपालिका–४ को खैराना गाउँ जाने सडकमा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा भण्डारीको शव फेला परेको थियो ।

भण्डारीको साथमा रहेको रकम लुट्नका लागि खैराना जङ्गल छेउको सडकमा पुर्याएर निजको हत्या गरिएको हुनसक्ने प्रहरी उपरीक्षक तिम्सिनाले बताए । हत्या गर्नुअघि स्थानीय बस बिसौनी नजिकको एक होटलमा उनीहरुले सँगै मदिरा सेवन गरेको बताइएको छ ।







युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..

आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ
आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न २ जना पक्राउ परेको छ ।  नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्व..