२ बस आपसमा ठोक्किँयौ,  ६० जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-९ गते
२ बस आपसमा ठोक्किँयौ,  ६० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक घानामा २ वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् । राजधानी आक्रादेखि ४३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस ठोक्किएको हो ।

सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिएका छन् ।दुवै बसमा ५०(५० जनाभन्दा बढी यात्रु रहेकोमा एक आपसमा ठोक्किएका बसमध्ये एउटामा आगलागीसमेत भएको थियो ।

कतिपय यात्रुको बसभित्रै जलेर मृत्यु भएको थियो । दुर्घटनामा घाइते २८ जनाको उपचार भइरहेको र ७ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..