किशोरीमाथि यौन दुर्व्यवहार, पर्यटन व्यवसायी श्रेष्ठ  र शाखाका प्रमुख सुवेदी पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१२-९ गते
किशोरीमाथि यौन दुर्व्यवहार, पर्यटन व्यवसायी श्रेष्ठ  र शाखाका प्रमुख सुवेदी पक्राउ

पोखरा । घरेलु कामदारको रुपमा कार्यरत १६ वर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा पर्यटन व्यवसायी सुन्दरकुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष पनि हुन् । ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एनआईसी एसिया बैंक पर्स्याङ शाखाका प्रमुख सुवास सुवेदी पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कक्षा ८ मा पढ्दै आएकी किशोरी बिहीबार अकस्मात हराइन् । हराएको सूचना आएपछि प्रहरीले खोजतलास गर्यो । शुक्रबार बिहान उनलाई साथीको घरबाट उद्धार गरी सोधपुछ गर्ने क्रममा आफू उक्त घरमा जान नसक्ने बताएपछि घटना बाहिर आएको हो ।

किशोरीले आफूमाथि श्रेष्ठले बलात्कार र सुवेदीले यौन दुव्र्यवहार गरेको प्रारम्भिक बयान दिएपछि प्रहरीले शुक्रबार नै दुवैजनालाई पक्रेको हो । दुबैलाई छुट्टाछुट्टै मुद्दा चलाइने बताइएको छ ।


एकै पटक २३४ न्यायाधीश सरुवा
एकै पटक २३४ न्यायाधीश सरुवा

काठमाडौं । न्यायपरिषद्ले एकै पटक २३४ न्यायाधीश सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूचीअनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा भएका छन्..

घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 
घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 

पोखरा । सडक डिभिजन कार्यालय दमौलीका अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । ..

अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...
अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । सुत्केरी हुन आएकी ३८ वर्षिय कल्पना तामाङको मृत्युपछि आफन्त..

लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ
लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध इन्जेक्सनसहित पर्सा बीरगञ्ज महानगरपालिका(१९ नगवा ६५ वर्षीय मोहन पटेल पक्राउ परेका छन् । तिघ्रामा बेरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध..