भोजपुरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, अन्य दुई घाइते


नेपाल पाना प्रकाशित: २०७५-१२-९ गते
भोजपुरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, अन्य दुई घाइते

भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अन्य दुई जना घाइते भएका छन् । भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानामा ट्याक्टर दुर्घटना भएको हो । 

दुर्घटनामा आमचोक गाउँपालिका –४ बालंखा बस्ने २५ वर्षीय चालक भविन्द्र राईको मृत्यु भएको छ । घाइते हुनेमा महोत्तरीका सहचालक ४० वर्षीय हरि खत्री र आमचोक गाउँपालिका – १ बस्ने शंखर कार्की रहेको प्रहरीले जनाएको छ ।

कार्कीको अवस्था गम्भिर रहेकोले थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंसीले बताए ।

शुक्रबार राति रानीबासबाट बालंखातर्फ आउदै गरेको ना ५ त ९४३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुम्मानाको कामी डाँडा भन्ने स्थानमा सडकबाट करिब आठ सय मिटर तल झरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..

आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..