कञ्चनपुरका मुक्त हलियाको घर निर्माणमा रोक


नेपालपाना प्रकाशित: २०७५-१२-९ गते
कञ्चनपुरका मुक्त हलियाको घर निर्माणमा रोक

 

कञ्चनपुर- भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ। 

दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्ण कार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहारले बताए।

'वर्षौ‌ंदेखि भोगचलन गर्दै आएको जग्गा भारतमा पर्ने जनाउँदै एसएसबीका जवानले घर मर्मतका लागि पुनःस्थापनमा परेका ‘ख’ वर्गको परिचयपत्र पाएका खडक सार्की, बाली सार्की, मदन सार्की र परदेशी दमाइलाई घर निर्माण गर्नबाट रोकेको छ,' उनले भने।

घर मर्मतका लागि भूमिसुधार कार्यालयले मुक्तहलिया परिवारलाई रु एक लाख २५ हजारका दरले रकम उपलब्ध गराएको थियो।

'निर्माण कार्य गरे घर नै भत्काइदिने भारतीय एसएसबीका जवानले धम्की दिने गरेको छ,' खड्क सार्कीले भने, 'पुरानो बस्दै आएको घर भत्काएर मर्मतका लागि पाएको रकम थपेर घर निर्माण थालेका थियौ्, त्यो पनि बनाउन नपाइने भएपछि खुला आकाशमा परिवारसहित बस्नुपरेको छ।' 

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी मार्च २७ गते नेपाल–भारतका अधिकारीबीच सीमावर्ती भारतीय बजार वनवसामा बस्ने बैठकमा सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी टुङ्गो लगाइने बताएका छन्।

यसैगरी भारतीय एसएसबीले भीमदत्त नगरपालिका–९ को टनकपुर बाँध नजिकै नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा सडक कालोपत्र गर्ने कार्यसमेत शुक्रबार रोक्न लगाएको थियो।

एसएसबीको अवरोधपछि केही दिनका लागि सडक निर्माणकार्य रोकिएको छ। दुई देशका प्रशासन प्रमुखबीच यही चैत १३ गते सीमा बैठकमा छलफल गर्ने मौखिक सहमतिपछि निर्माण रोकिएको छ। 

नगरपालिकाले ब्रह्मदेव बजारदेखि ३ नं सीमा स्तम्भसम्मको सडक कालोपत्रको काम सुरु गरेको हो। भीमदत्त नगरपालिकाले ठेक्का आह्वान गरी सडक निर्माण सुरु गरेको थियो।

पिल्लर नं ३ देखि ब्रह्मदेव बजारसम्म १३८ मिटर सडक कालोपत्रका लागि ठेक्का दिइएको थियो। 

यसअघि भारतले ब्रह्मदेव बजारसम्म सडक कालोपत्रका लागि रेखाङ्कन गरेको थियो। भीमदत्त नगरपालिका र स्थानीय प्रशासनको दबाबपछि भारतीय पक्ष नेपाली भूमिमा सडक निर्माणबाट पछि हटेको थियो।

टनकपुर बाँधदेखि ब्रह्मदेव बजारसम्म एक हजार ३ सय मिटर बाटो छ। त्यसमध्ये भारतीय पक्षले आफ्नो भूमिमा सडक निर्माण गरिसकेको छ।


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..