लागुऔषधसहित पक्राउ


नेपालपाना प्रकाशित: २०७५-१२-९ गते
लागुऔषधसहित पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ । 

महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख १२०९ नंको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट अवैध लागुऔषध नाइट्राभेट १६५ ट्याब्लेट बरामद गरिएको छ । 

यस्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट झापा चन्द्रगढीका सुशान्त गुरागार्इं र सिन्धुलीमाडी घर भई जडीबुटी बस्ने १९ वर्षीय रोहित मैनालीलाई समेत लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट अवैध लागुऔषध नाइट्राभेट ४०२ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ । 







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..