२ सय २६ विरुद्ध मुद्दा दायर


नेपालपाना प्रकाशित: २०७५-१२-९ गते
२ सय २६ विरुद्ध मुद्दा दायर

काठमाडौँ । सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका छन् । अर्थ मन्त्रालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत कार्यसम्पादन गर्न थालेपछि आर्थिक अनियमितता नियन्त्रणमा आफूलाई केन्द्रित गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत काम थालेको नौ महीना अवधिमा विभागले २२६ विरुद्ध राजस्व चुहावटका मुद्दा चलाएर सुशासन प्रवद्र्धनको अभियानमा जुटेको छ । विभागले बाटोमा भेटिएको अपरिचितको नागरिकता प्रयोग गरी नक्कली कम्पनी खडा गर्ने, सरकारी कागजात र नक्कली बिल बीजक छाप्नेजस्ता गम्भीर प्रकृतिका आर्थिक अपराधविरुद्ध कारवाही थालेको छ । 

मूल्य अभिवृद्धि कर ९भ्याट० बिल÷प्यान बिल, नक्कली बिजक बिक्री गरी राजस्व छल्नेदेखि नक्कली कारोवार गर्ने, अर्कैको नागरिकता प्रयोग गरी कम्पनी खडा गरेर कीर्ते गर्ने, वैदेशिक रोजगारीमा कर छली गर्ने, हुण्डीमार्फत अवैधरूपमा अन्तरदेशीय कारोवार गर्ने, विदेशी मुद्रा अपचलन गर्ने गिरोह र अर्थतन्त्रलाई उन्नत हुन नदिने सङ्गठित अपराधविरुद्ध पनि विभाग सक्रियताका साथ लागेको छ । 

अर्बांै कर छलीमा संलग्न राजनीतिक व्यक्तित्वदेखि निजामती सेवाका कर्मचारीसम्मलाई कानूनको कठघरामा पु¥याइको र उनीहरूलाई कुनै किसिमको राजनीतिक संरक्षण नभएको विभागका महानिर्देशक दीर्घराज मैनाली बताउनुहुन्छ । राजस्व चुहावट र विदेशी विनिमय अपचलनविरुद्धको कारवाहीलाई तीव्रगतिमा अघि बढाएको विभागले ८६ मुद्दामा नक्क्ली भन्सार प्रज्ञापनपत्र बनाइ चोरीपैठारी गरी कर छल्ने, सुन र हीरालगायत चोरी पैठारीमा सक्रिय गिरोहविरुद्ध मुद्दा दायर गरेको छ । 

कर्मचारीले कर्मचारीलाई जोगाउने पुरानो प्रवृत्तिलाई चिर्दै गैरकानूनी काम गर्ने कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । आर्थिक अपराधमा संलग्न भएको आरोपमा उपसचिवसहित आठ कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ । 

अर्थ मन्त्रालयबाट विसं २०७४ फागुन १३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत आएको विभागले चालू आवको माघसम्म राजस्व चुहावटका ५२ कसुरमा १६७ व्यक्तिविरुद्ध र विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारमा संलग्न ५९ विरुद्ध अदालतमा ३४ मुद्दा दायर गरेको छ । 

राजश्व अनुसन्धान विगागका अनुसार राजश्व चुहावटतर्फ बिगो र जरिवानावापत रु नौ अर्ब ३८ करोड ८४ लाख र अधिकतम तीन वर्षसम्म कैद सजायको माग दाबीसहित र विदेशी विनिमय अपचलन र हुण्डी कसुरतर्फ रु चार अर्ब ८३ करोड ७० लाख बिगो कायम गरी त्यसको तेब्बरसम्म जरिवाना र तीन वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ । 

मजदूरलाई प्रलोभनमा पारी २४ फार्म खडा गरेर झुटा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गरेको आरोपमा जयकिशोर साह र परमेश्वर साहमाथि रु एक अर्ब ७५ करोड बिगो कायम गरी काठमाडाँै जिल्ला अदालतमा पुस १९ गते मुद्दा दायर भएको छ । 

उनीहरुले आर्थिक प्रलोभनमा पारी मजदुरको नाममा कम्पनी दर्ता गराएर बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गरी ती मजदुरमार्फत बैंक कारोवार गर्ने गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । 

मजदुरलाई प्रलोभनमा पारी निजहरुको नाममा कम्पनी खोली झुटा बिजक जारी गरेर सङ्गठितरूपमा राजस्व चुहावट गरेको आरोप उनीहरुमाथि छ । राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ (क), (ख) र (घ) बमोजिमको कसुर गरेको मागदाबीमा उल्लेख छ । उनीहरुले मजदूरलाई प्रलोभनमा पारी २४ कम्पनी खोलेर राजस्व चुहावट गरेको विभागले जनाएको छ । 







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..