एसइई परीक्षा आजदेखि शुरू हुँदै, परीक्षार्थी संख्या ४ लाख ७५ हजार


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
एसइई परीक्षा आजदेखि शुरू हुँदै, परीक्षार्थी संख्या ४ लाख ७५ हजार

काठमाडौं । चालु शैक्षिक शत्रको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको माध्यमिक शिक्षा परीक्षा (एसइई) केहीबेरमा शुरू हुँदैछ । आज (आइतबार) बिहान ८ बजेदेखि शुरू हुने परीक्षामा देशभरबाट  कूल ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सहभागी हुँदैछन् । 

एसइईको पहिलो दिन आज विद्यार्थीहरूले अनिवार्य अ‌ंग्रेजी विषयको परीक्षा दिँदैछन् । ३ घण्टा परीक्षाहलमा बिताउने परीक्षार्थीहरूको उच्च शिक्षा हासिल गर्ने मार्ग यही परीक्षामार्फत तोकिनेछ । 

परीक्षा सञ्चालनका लागि सबै तयारी सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन्। 

कूल ४ लाख ७५ हजार ३ जना परीक्षार्थीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् । सबैभन्दा बढी प्रदेश ३ बाट १ लाख ६ सय २ परीक्षार्थी र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थीहरूले एसइई परीक्षा दिँदैछन् । 







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..