६ वटा सञ्चारमाध्यमले विप्लवलाई सघाईरहेको सञ्चारमन्त्री बाँस्कोटाको दाबी


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
६ वटा सञ्चारमाध्यमले विप्लवलाई सघाईरहेको सञ्चारमन्त्री बाँस्कोटाको दाबी

काठमाडाैं । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीलाई सघाउनेगरि ६ वटा मिडियाले समाचार प्रकाशन/प्रसारण गरिरहेको बताएका छन् । 

हिंसालाई प्रोत्साहन गर्ने सन्देश प्रवाह गर्न नहुने भन्दै मन्त्री बाँस्कोटाले अटेरी गर्ने मिडियालाई  प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानुनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन् । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८औं स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रियामा मन्त्री बाँस्कोटाले सञ्चारमाध्यममाथि कारबाही गर्ने चेतावनी दिएका हुन् । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि ६ वटा सञ्चारमाध्यमले विप्लवका गतिबिधीलाई बल पुग्ने गरि काम रहेको र सरकारले ती सञ्चारमाध्यमलाई नजिकबाट नियाली रहेको बाँस्कोटाले बताए ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..