मलेसिया रोजगारी खुल्दै, पठाईयो स्वास्थ्य परीक्षणको मापदण्ड


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
मलेसिया रोजगारी खुल्दै, पठाईयो स्वास्थ्य परीक्षणको मापदण्ड

काठमाडाैं । नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड पठाएसँगै लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने सम्भावना बढेको छ ।

श्रम समझदारीमा भएको व्यवस्थाअनुसार मलेसियाले केही दिनअघि मात्र स्वास्थ्य परीक्षणको मापदण्ड बनाएर नेपाललाई पठाएको हो । अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण भएका तथा कालोसूचीमा नपरेका स्वास्थ्य परीक्षण गर्ने संस्थाको लागि मापदण्ड सार्वजनिक गर्ने भएको छ ।

मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरेपछि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ । यसअघि विभिन्न नाममा खुलेका संस्थाहरूले गरेको स्वास्थ्यपरीक्षणमा लापरबाही भेटिएका कारण अबदेखि निर्धारित मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिने भएको छ । 

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । समझदारी कार्यान्वयनमा आउन थाले कामदार निःशुल्क मलेसिया जान पाउनेछन् ।

मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो। कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको हो ।







अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..

सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । आज सुनको भाउ प्रती तोलामा १०० घटेको छ ।  सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हज..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रु..

आज नेप्सेमा २ अंकले बढ्यो
आज नेप्सेमा २ अंकले बढ्यो

काठमाडौँ । नेप्से २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  यसदिन १ सय ७३ कम्पनीको १३ लाख ७३ हजार १२० कित्ता शेयर खरिदबिक्..