मोरङमा माइक्रोचालकले बच्चा मारे, सहचालकको अवस्था गम्भीर


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
मोरङमा माइक्रोचालकले बच्चा मारे, सहचालकको अवस्था गम्भीर

उर्लाबारी । बा५ख ३५४ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किँदा धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीको मृत्यु भएको छ । 

माइक्रोबसको ठक्करबाट मक्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जानकारी दिएको छ। 

दुर्घटनामा परि माइक्रोका सहचालक उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियार गम्भीर घाइते भएका छन् भने पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षीय रमेश बस्नेत सामान्य घाइते भएका छन् ।

घाइतेहरूको विराट नर्सिङ होम, विराटनगरमा उपचार भइरहेको छ ।

माइक्रोबसमा चालक र सहचालक मात्र सवार रहेकाले थप मानवीय क्षति हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..