जुवा अखडा बनिरहेको बाैद्धबाट फेरि समातिए ७ जुवाडे, ३ लाख नगद बरामद


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
जुवा अखडा बनिरहेको बाैद्धबाट फेरि समातिए ७ जुवाडे, ३ लाख नगद बरामद

काठमाडौं । चाबहिलबाट चक्रपथ छाडेर बाैद्धतर्फ लागेपछि साँखुसम्म नै जुवाको अवैध धन्दा हुने गरेको छ । पटक-पटक जुवाखालमा छापा मार्दा प्रहरी नै विवादित बनेपनि अझैसम्म सो क्षेत्रमा यो गैह्रकानूनी काम रोकिएको छैन । 

शनिबार साँझ पनि प्रहरीले बाैद्ध फुलबारीबाट २ लाख ९८ हजार रूपैयाँसहित ७ जना जुवाडे समातेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घरमा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गरेको जुवाघरबाट नगद र जुवाडे समातिएका हुन् । 

३४ वर्षीय तेन्जिङ शेर्पा, ६६ वर्षका टासीछेप्तेन लामा, ५३ वर्षका अपे लामा र ३८ वर्षका उङ्छी लामासहित ७ जना समातिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाको साथबाट जुवा खेल्न प्रयोग हुने सामग्री एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास बरामद भएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक शुरु भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्ष..

सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप
सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप

सिमरा । इलाका प्रहरी कार्यालय बोदे वरसाइनका विरुद्ध नाराजुलुस गर्दै सप्तरीका व्यवसायी आन्दोलनमा उत्रेका छन् । प्रहरीले दुःख दिएको भन्दै व्यवसायीले आइतबार जिल्ला बन्दको आवहा..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना
आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना

काठमाडौं । रोकिएको मनसुन फेरि सक्रिय हुन थालेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको छ ।  विशेषगरी काठमाडौं..