नेपालको सडक निर्माणमा भारतीय पक्षले अवरोध गरे, किन ?


नेपाल पाना प्रकाशित: २०७५-१२-१० गते
नेपालको सडक निर्माणमा भारतीय पक्षले अवरोध गरे, किन ?

कञ्चनपुर । भारतीय पक्षले भीमदत्त नगरपालिका ९ ब्रह्मदेवको सडक निर्माणमा अवरोध गरेको छ ।

ब्रह्मदेव बजारदेखि नेपाल-भारत सीमासम्म टनकपुर ब्यारेज जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको हो । टनकपुर ब्यारेजदेखि साढे ११ सय मिटर सडक यसअघि भारतले निर्माण गरिसकेको छ । उक्त सडक जोड्ने गरी भइरहेको निर्माणमा अवरोध गरिएको हो ।

एसएसबीले दशगजा क्षेत्रमा पर्ने भन्दै तत्काल कुनै पनि निर्माण हुन नदिने जनाएको छ । सडक निर्माणका लागि शुक्रबार बिहान डोजरसहित पुगेका निर्माण कम्पनीका ठेकेदारको टोलीलाई उनीहरूले रोकेका छन् । भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजारदेखि सीमासम्म १३८ मिटर सडक निर्माणका लागि ७२ लाखमा न्यु जोशी निर्माण कम्पनीलाई ठेक्का दिएको छ ।

यसै आर्थिक वर्षभित्र काम सक्ने गरी कम्पनीले काम सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, सशस्त्र प्रहरीको ३५ नं।गणका एसपी विनोदराज श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका एसपी दिनेश आचार्यले शुक्रबार सडक निर्माणका विषयमा भारतीय एसएसबी र चम्पावतका एसडीएमसँग छलफल गरेका थिए ।

यसअघि भारतीय पक्षले पुस महिनामा टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्मै करिब १३ सय मिटर सडक निर्माणका लागि ठेक्का दिएको थियो । सीमाभन्दा निकै वर आएर निर्माण हुन लागेपछि स्थानीयले विरोध जनाएका थिए । स्थानीयको विरोधपछि सीमासम्म मात्रै सडक निर्माण गरेको हो ।

२ दिनअघि मात्रै ब्रह्मदेव बजार छेउमै मुक्त हलिया पुन स् स्थापना कार्यक्रम अन्तर्गत निर्माणधीन घरको कामसमेत एसएसबीले रोकेको थियो । मुत्त हलिया, खडक सार्की, बलराम सार्की र गगन सार्कीलाई घर निर्माणमा अवरोध भएको छ ।


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..