संसद बैठकको सुरुमै राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित


नेपाल पाना प्रकाशित: २०७५-१२-१० गते
संसद बैठकको सुरुमै राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

काठमाडौं । संसद बैठकको सुरुमै राष्ट्रिय जनता पार्टीले अवरुद्ध गरेपछि १० मिनेटका लागि स्थगित गरिएको छ । राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

सभामुखले समय दिएपछि राजपाका सांसद लक्ष्मणलाल कर्णले थरुहट आन्दोलनबारे गिरिशचन्द्र लालको अध्यक्षता बनाएको समितिले बनाएको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरे । 

यसअघि पनि सार्वजनिक गर्न संसद अवरुद्ध गर्दा कानुनमन्त्रीले यथाशीघ्र प्रकाशन हुन्छ भने पनि आजसम्म पनि सार्वजनिक नगरेको बताए । पटक–पटक आग्रह गर्दा जनताको सम्पत्ति जनताको अगाडि सरकारले सार्वजनिक गर्दैन भने संसद अवरुद्ध गर्ने जानकारी गराए । 

संसद सुचारुका लागि सहयोग गर्न आग्रह गरेका सभामुख कृष्णबहादुर महाराले १० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् । 







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..