इतिहासमै पहिलो पटक अदालतमा शिशु स्याहार केन्द्रको स्थापना


नेपाल पाना प्रकाशित: २०७५-१२-१० गते
इतिहासमै पहिलो पटक अदालतमा शिशु स्याहार केन्द्रको स्थापना

काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उदघाटन गरेका छन् ।
a
महिला कर्मचारीहरुलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरुको अधिकार हनन् हुन नदिने उद्देश्यका साथ शिशु स्याहार केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतकी शाखा अधिकृत अञ्जना सिम्खडा पुडासैनीले बताइन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा स्थापना गरिएको शिशु स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीहरुको शिशुहरुको कार्यालय समयसम्म स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ ।

कार्यालयका काम गर्ने उचित वातावरण निर्माण गर्न पनि कर्मचारीहरुको शिशुहरुको स्याहारका लागि केन्द्रको स्थापना गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालत परिसर भित्र स्थापना गरिएको सो स्याहार केन्द्रमा शिशुहरुका लागि आवश्यक खेलौना र श्रव्य दृष्य साग्रमीहरुको पनि व्यवस्था गरिएको छ ।







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..