४ जना परीक्षार्थीले विद्यालयको लापरबाहीका कारण परीक्षा दिन वञ्चित


नेपाल पाना प्रकाशित: २०७५-१२-१० गते
४ जना परीक्षार्थीले विद्यालयको लापरबाहीका कारण परीक्षा दिन वञ्चित

बर्दिबास । बर्दिबास नगरपालिका वडा नं —२ स्थित जनता मावि मा आंशिक तर्फ परीक्षा दिने ४ जना परीक्षार्थीले विद्यालयको लापरबाहीका कारण आइबार अनिवार्य अंग्रेजी विषयको परीक्षा दिन वञ्चित भएका छन् । 

माध्यमिक परीक्षाका रुपमा आइतबारदेखि सञ्चालन भएको (एसईई) परीक्षामा महोत्तरीका २९ परीक्षा केन्द्रमा ८ हजार २३ जना परीक्षार्थी सहभागी भएका छन् । जसमध्ये आंशिक तर्फ ९ सय परीक्षार्थी  रहेका छन् ।  जिल्ला शिक्षा समन्यन समिति महोत्तरीका अनुसार परीक्षाका लागि   प्रत्येक परीक्षा केन्द्रमा १ जना केन्द्राध्यक्ष परिचालन गरिएको छ । 

यस वर्षको परीक्षामा ३६ जना सहायक केन्द्राध्यक्ष र ३ सय ३६ जना निरीक्षक परिचालन गरिएको छ । यसका लागि  १४सय ३९ जना सहयोगी र ६६ जना परीक्षा सहायक रहेका छन् । ५ सय ९० जना सुरक्षाकर्मी गरी परीक्षामा कुल २ हजार ४ सय ९६ जना जनशक्ति परिचालन गरिएको छ । 

आइतबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको थियो । परीक्षाको पहिलो दिन महोत्तरीको दुईवटा परीक्षा केन्द्रमा परीक्षाको नियम विपरीत चिट चोराउने ३ जना  निरीक्षक निष्काशित भएका छन् । निष्काशित हुनेमा क्रमशः महेन्द्र राष्ट्रिय मा वि रामगोपालपुर परीक्षा केन्द्रका परीक्षा निरीक्षक अमरनाथ चौधरी तथा  जनता राष्ट्रिय मा वि धमौराका जलिना खातुन  र धनकलाल यादव निष्काशित भएका हुन् । 

परीक्षा यहि चैत्र १८ गतेसम्म साधारण तर्फ र २१ गत्ते सम्म प्राविधिक तर्फ सञ्चालन हुने जिल्ला शिक्षा समन्वयन समिति महोत्तरीले जनाएको छ । सोमबार देशैभर अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । 







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..