विप्लव  नेकपाको प्रहरीले फेला पार्यो यस्तो गोप्य दस्तावेज, काे परे प्रहरीकाे हिट लिस्टमा?


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
विप्लव  नेकपाको प्रहरीले फेला पार्यो यस्तो गोप्य दस्तावेज, काे परे प्रहरीकाे हिट लिस्टमा?

काठमाडाै । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा मध्यक्षेत्रीय कमान्डर हेमन्तप्रकाश ओलीको पक्राउलाई प्रहरीले ठूलोसफलताको रुपमा लिएको छ। ओलीलाई पक्राउ गर्दा प्रहरीले गोप्य दस्ताबेज हात पारेको स्रोतको दाबी छ। प्रहरीले यसलाई सो समूहविरुद्धको कारबाहीमा एउटा ठूलो सफलता मानेर कारवाही प्रक्रिया अागाडि बढाएकाेछ।

'हामीले हात पारेको दस्ताबेजमा निकै महत्त्वपूर्ण सूचना र रणनीतिबारे चर्चा गरिएको छ,' उक्त कारबाहीमा संलग्न एक प्रहरी अधिकारीले बताए। नाम उल्लेख गर्न नचाहने ती अधिकारी भन्छन्, 'त्यसमाथि भूमिगत भइसकेको अवस्थामा क्षेत्रीय कमान्डरनै पक्राउ पर्नु आफैँमा ठूलो उपलब्धि हो।'

प्रहरीले सो समूहका नेता तथा कार्यकर्ताले प्रयोग गरेका ल्यापटप, मोबाइल फोन र अन्य सामग्री पनि जफत गरेको छ। ओली सो समूहका तेस्रो वरीयताका नेता हुन्। उनलाई चन्दका विश्वासपात्र पनि मानिन्छ। बरामद दस्तावेजबाट प्रहरीले थप नेताहरूकाे नाम भेटाएपछि उनीहरूकाे देशै भर खाेजी गरिरहेकाे छ। दस्तावेज अनुसार विप्लव र प्रकाण्ड प्रहरीका हिट लिस्टमा रहेका छन्।
 


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..