विप्लव नेकपाका प्रभावशाली नेता सुदर्शनविरुद्ध चारवटा मुद्धा


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
विप्लव नेकपाका प्रभावशाली नेता सुदर्शनविरुद्ध चारवटा मुद्धा

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता मध्य केन्द्रीय कमान्डर हेमन्तप्रकाश ओलीसहित ९ जनाविरुद्ध प्रहरीले विभिन्न चारवटा मुद्धामा अनुसन्धान अगाडि बढाउँदै कारवाही सुरू गरेकाे छ।

ललितपुर प्रहरी परिसरले हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको अपराधसहित चारवटा मुद्धामा उनीहरुलाई जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान बढाएको हो।

ललितपुरको नख्खुमा भएको बम विस्फोटको जिम्मा सुदर्शनले पार्टीका तर्फबाट लिएका थिए। त्यस घटनामा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। काभ्रेबाट काठमाडाैँ अाउँदै गरेकाे अवस्था उनी शनिबार पक्राउ परेका थिए।







सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार
सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि ८६ जनालाई बोलाएको छ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकालाई बुधबार अख्तियारले एक स..

सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 
एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 

काठमाडौँ ।  एसईईको परीक्षाको प्रतीफल भोलिसम्ममा सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।   परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने  ‘एसईईको नतिजा आज सम्..