ओलीको क्याबिनेटमा मातृका यादवको ताण्डव ! मन्त्रीपद खुस्कँदै


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
ओलीको क्याबिनेटमा मातृका यादवको ताण्डव ! मन्त्रीपद खुस्कँदै

काठमाडाैं । उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादब मन्त्री पदबाट बर्खास्तीमा पर्ने पक्कापक्की भएको छ । 

यादवलाई मन्त्रीबाट हटाएर सोमप्रसाद पाण्डेलाई विभागीय जिम्मेवारी दिने तयारी भईरहेको छ । पाण्डे यसअघि सरकारले असन्तुष्ट समूहसँग वार्ता गर्न बनाएको टोलीका संयोजक हुन् । 

यो पनि पढ्नुहोस : उद्योगमन्त्री मातृका यादवले कहाँ गरे गडबढी ? किन पाएनन् उखु किसानले सवा तीन अर्ब भुक्तानी ?

चर्का क्रान्तिकारी कुरा गर्ने, तर सत्ताको मेसो मिल्दा सास दाबेर कुद्ने ब्यहोरा भएका यादवसँग हैरान भएकाले क्याबिनेटबाटै निकालिदिने मनस्थितीमा प्रधानमन्त्री केपी शर्मा ओली देखिएका छन् । 

केही अघि यादवले आफु निकटका एकजनालाई उच्चपदमा नियुक्त गर्न मन्त्रीपरिषद बैठकमा प्रस्ताव गरेको, तर सो प्रस्ताव स्वीकृत नभएपछि हंगामा गरेको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले नै मातृकाको प्रस्ताव स्वीकृत गर्न मानेका थिएनन ।

आफुले भनेअनुसार नभएपछि झोक्किएका यादवले मन्त्रीपरिषद्को निर्णय नै लथालिंग पारिदिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका एक कर्मचारीले जानकारी दिए । त्यसयता प्रधानमन्त्री ओली र यादवका बीचमा विवाद बढिरहेको छ ।

सत्ताधारी (ने.क.पा.) का अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकामा रहेकाले मातृकाको मन्त्रीपदबारे तत्काल निर्णय गर्न ओलीले सकिरहेका छैनन् । दाहाल नेपाल फर्किएर नजोगाए मातृकाको मन्त्रीपद जाने पक्कापक्की भएको छ ।







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..