पाकिस्तानमा हिन्दुहरूमाथि आततायी दमन बढ्यो, दुई किशोरीको अपहरण गरि जबर्जस्ती 'निकाह'


भारतको आपत्तीपछि इमरान खानले दिए यस्तो निर्देशन
नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
पाकिस्तानमा हिन्दुहरूमाथि आततायी दमन बढ्यो, दुई किशोरीको अपहरण गरि जबर्जस्ती 'निकाह'

सिन्ध प्रान्तबाट अपहरणमा परि मुस्लिम युवासँग जबर्जस्ती विवाह गराईएका हिन्दु किशोरीहरू

काठमाडाैं । पाकिस्तानको सिन्ध प्रान्त लगायतका स्थानमा अल्पसंख्यक हिन्दु समुदायमाथि ब्यापक हिंशा र आततायी दमन बढेको छ ।

राज्य संरक्षित मुस्लिम अतिवादीहरूले हिन्दु महिला तथा किशोरीहरूमाथि बलात्कार गर्ने, जबर्जस्ती धर्म परिवर्तन र विवाह गराइरहेको घटना सार्वजनिक भएपनि प्रधानमन्त्री ईमरान खान दबाबमा परेका छन् ।

सिन्ध प्रान्तमा दुई किशोरीको अपहरणपछि  निकाहा (बिबाह) गरेको भिडियो सार्वजनिक भएको छ । गत हप्ता होलीको दिन बेलुकी ती १३ बर्षीय रिभाना र १५ बर्षीय रिनालाई सिन्धको घोत्की जिल्लाबाट अपहरण गरि जबर्जस्ती धर्म परिवर्तन गरिदिएर विवाह गराइएपछि अहिले पाकिस्तानमााथि अल्पसंख्यकको सुरक्षा र सम्मानलाई लिएर विश्वव्यापी दबाब बढिरहेको छ । 

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी सूचनामन्त्री फवाद चाैधरीबीचको ट्वीटर युद्ध 

भारतले अपहरण, दबाब र जबर्जस्ती धर्म परिवर्तनको विषयमा पाकिस्तानस्थित भारतीय उच्चायुक्तसँग प्रतिवेदन मागेको जनाएको छ । सिन्धमा हिन्दु किशोरीमाथि भएको यो घटनालाई लिएर भारतकी विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी सूचनामन्त्री फवाद चाैधरीबीच वाकयुद्ध नै भएको छ । इन्टरनेट सञ्जाल ट्वीटरमा यी दुइबीच चर्काचर्की परेको हो । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सिन्धमा भएको घटनामाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् । सिन्धमा हिन्दुहरूमाथि भइरहेको अत्याचारबारे तत्काल कदम चाल्न प्रधानमन्त्रीको निर्देशन रहेको सूचनामन्त्री फवाद चाैधरीले जानकारी दिएका छन् । 


पुजा गरिरहेकी पाकिस्तानी हिन्दु नारी 

सन १९४७ मा स्वतन्त्र हुँदाताका पाकिस्तानमा हिन्दुहरूको जनसंख्या १० प्रतिशत हाराहारीमा थियो, तर व्यापक दमन गरिएपछि अहिले पाकिस्तानमा जम्माजम्मी १ प्रतिशत हिन्दुहरू मात्रै बाँकी छन् । 

सिन्ध प्रान्तमा हिन्दु महिला र किशोरीहरूमाथि लगातार बलात्कार भईरहेको छ । हिन्दुहरूलाई जबर्जस्ती रूपमा धर्म परिवर्तन गराईएको छ । यसैका कारण अधिकांश हिन्दु र शिखहरू भागेर भारत आएका छन ।

व्यापक दमनका कारण पाकिस्तानमा अल्पसंख्यक समुदायहरू खतरामा परेका छन । भारत नियन्त्रित काश्मीरलाई देखाउँदै पाकिस्तानले हिन्दुहरूको कत्लेआम गरिरहेको छ । 

भारतले बारम्बार यो आरोप लगाईरहेको छ कि पाकिस्तानी सेनाले जैश-ए-मोहम्मद र लस्कर-ए-तैबालाई सञ्चालन गरिरहेको छ । यी अतिवादी चरमपंथी समुहले इस्लाम धर्मका नाममा फैलाईरहेको आतंकवादी विचारधारालाई पाकिस्तानी सेनाले मलजल गरिरहेको छ ।


पाकिस्तानका प्रधानमन्त्री ईमरान खान

यो विचारधाराले संसारभर ईस्लामी राज्य मात्र परिकल्पना गर्छ र अन्य धर्म मान्ने मानिसहरूलाई सिध्याउनुपर्ने तर्क राख्छ । धर्मको नाममा चलिरहेको पाकिस्तान विविधता र बहुलतायुक्त एसियाकै लागि खतराय बन्दै गएको छ ।

पछिल्लो समयमा नेपालका तराई क्षेत्रमा पनि कट्टरपन्थी मुस्लिमहरूको संख्या बढिरहेको गुप्तचर निकायहरूले बताउँदै आएका छन् । यसले कालान्तरमा नेपालको सुरक्षा र शान्तीको अवस्थामा निकै ठूलो खतरा बढाउने विश्लेषण गरिन्छ । 

तराईमा करिब चारहजार मस्जिद छन । तीमध्ये जम्माजम्मी सात सयवटा मात्र आधिकारिक रुपमा दर्ता गरिएका छन । यी मस्जिद चलाउन हुण्डीमार्फत रकम आउने गरेको र मस्जिदमा हुने गतिविधीबारे सरकारसमेत बेखबर देखिन्छ । 

पाकिस्तानीहरुले नेपालका तराई क्षेत्रमा मस्जिद विस्तारका लागि विशेष लगाव देखाउने गरेका छन । भारतीयहरुले नेपालको तराईमा रहेका मस्जिदको लगानी र गतिविधीलाई लिएर बारम्बार प्रश्न उठाईरहेका छन । यी मस्जिदमा आतंकवादी गतिविधी हुने र पाकिस्तानका केही आतंकवादी लडाकुहरुले समेत नेपालका मस्जिदमा आश्रय लिईरहेको भारतीय पक्षले दाबी गरिरहन्छ ।







सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए
अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तान । अफगानिस्तानमा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिएका छन् । अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेका बेला अफगानि..

विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !
विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !

एजेन्सी । अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ..

झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..